नेतृ उमा भुजेललाई जिल्ला न्यायाधीशको रोहबारमा रिहा गर्न सर्वाेच्चकाे आदेश

नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेललाई रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएकाे छ ।

यसअघि पटक पटककाे आदेशमा रिहा गर्ने तर तत्कालै पक्राउ गर्ने क्रम नराेकिएपछि सर्वाेच्चले नेकपाकी केन्द्रीय सदस्य भुजेललाई जिल्ला न्यायाधीशको रोहबारमा रिहा गर्न सर्वोच्च अदालतल बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हाे।

राजनीतिक आस्थाका आधारमा सरकारले पटक पटक पक्राउ गर्दै झुठा मुद्दाका आधारमा जिल्ला डुलाउँदै नियन्त्रणमा लिइ राखेकाे ठहरसहित आइतबार सर्वोच्च अदालतले तुरुन्त रिहा गरेर त्यसको जानकारी गराउन आदेश दिएको हो।

उनका तर्फबाट प्रतिमा भुजेलले दायर गरेको निवेदन उपर भएकाे बन्दीप्रत्यक्षीकरण आदेशमा राजनीतिक आस्थाका आधारमा बन्दी बनाइनु संविधान विपरीत हुने ठहर गरिएकाे छ ।

न्यायाधीश दीपककुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले राजनीतिक आस्थाका आधारमा बन्दी नबनाउन भनेकाे छ ।

भुजेललाई गत पुस १२ गतेदेखि १२ पटक यही भदौ २ गते सुनसरीमा जिल्ला अदालतको आदेश विपरीत नियन्त्रणमा लिइएको थियो।

जिल्ला अदालतले गैरकानुनी थुनामा राखेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिए पछिल्लाेपटक प्रहरीले अभद्र व्यवहारमा मुद्दामा थुनामा राखेकाे छ ।

Facebook Comments