विश्वभर कोरोना भाइरसबाट २ करोड ५६ लाख ९४ हजार बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ५६ लाख ९४ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ५६ लाख ९४ हजार २ सय १४ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ८ लाख ५५ हजार ९ सय ५४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै १ करोड ७९ लाख ९४ हजार २ सय १५ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर ६८ लाख ४४ हजार ४५ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको भण्डै एक चौथाई अर्थात् ६२ लाख १३ हजार ८ सय ८ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा १ लाख ८७ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ३९ लाख १० हजार ९ सय १ संक्रमित भेटिएका छन् भने १ लाख २१ हजार ५ सय १५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक भारत हो । भारतमा संक्रमितको संख्या ३७ लाख १५ हजार ९ सय ३१ जनामा संक्रमण पुष्टी भएको छ भने हालसम्म ६५ हजार ७ सय २५ जनाको मृत्यु भएको छ ।

रसियामा १० लाख ४८ जना संक्रमितमध्ये १७ हजार २ सय ९९ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ५२ हजार ५७ जना संक्रमितमध्ये २८ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जना संक्रमितमध्ये १४ हजार १ सय ४९ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा ६ लाख १५ हजार १ सय ६८ जनामा संक्रमण पुष्टी भएकोमा १९ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ९९ हजार ५ सय ६० जना संक्रमितमध्ये ६४ हजार ४ सय १४ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४ लाख ६२ हजार ८ सय ५८ जना संक्रमितमध्ये २९ हजार ९४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा ४ लाख १७ हजार ७ सय ३५ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय ३० जनाको मृत्यु भएको छ ।

त्यस्तै चिलीमा ४ लाख ११ हजार ७ सय २६ जना संक्रमितमध्ये ११ हजार २ सय ८९ जनाको मृत्यु भएको छ ।
इरान, बेलायत, सादी अरव र बंगलादेशमा ३ लाख बढीमा संक्रमण पुष्टी भएको छ । पाकिस्तान, फ्रान्स, टर्की, इटाली, जर्मनी, इराक र फिलिपिन्समा २ लाख बढीमा संक्रमण पुष्टी भएको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

Facebook Comments