विश्वभर २ करोड ६१ लाख ६९ हजार बढी संक्रमित


विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ६१ लाख ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ६१ लाख ६९ हजार ५ सय २४ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ८ लाख ६६ हजार ६ सय ४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै १ करोड ८४ लाख ३५ हजार ४ सय २० जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर ६८ लाख ६७ हजार ५ सय जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको झण्डै एक चौथाई अर्थात् ६२ लाख ९० हजार ७ सय ३७ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।

यस भाइरसको संक्रमणबाट अमेरिकामा १ लाख ८९ हजार ९ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ४० लाख १ हजार ४ सय २२ संक्रमित भेटिएका छन् भने १ लाख २३ हजार ८ सय ९९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक भारत हो । भारतमा संक्रमितको संख्या ३८ लाख ४८ हजार ९ सय ६८ जनामा संक्रमण पुष्टी भएको छ भने हालसम्म ६७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ ।

रसियामा कोरोना भाइरस संक्रमण पुष्टी हुनेको संख्या १० लाख नाघेको छ । १० लाख ५ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टी हुँदा १७ हजार ७ सय १४ जनाको मृत्यु भएको छ ।

पेरु, कोलम्बिया, दक्षिण अफ्रिका र मेक्सिकोमा संक्रमितको संख्या ६ लाख नाघेको छ । भने मृत्यु हुनेको कूल १ लाख बढी छ ।

स्पेन, अर्जेन्टिना, चिलीमा ४ लाख बढीमा संक्रमण पुष्टी भएको छ । त्यस्तै इरान, बेलायत, बंगालदेश, साउदी अरवमा ३ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।

Facebook Comments