थप १ हजार २ सय २५ मा काेराेना संक्रमण पुष्टी

नेपालमा बिहिबार थप १ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार कोरोना पुष्टि हुनेमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरुष रहेका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४२ हजार ८७७ संक्रमितको संख्या पुगेको जानकारी दिनुभयाे।

विहीबार मात्रै ६ जना संक्रमितकाे मृत्यु भएकाे छ । हालसम्म काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या २ सय ५७ जनाकाे मृत्यु भएकाे छ ।

Facebook Comments