गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना संक्रमण, सांसद पनि संक्रमित

गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ ।

संक्रमित हुनेमा प्रदेश सभाअन्तर्गत विधायन समितिका सभापति मोहन रेग्मी समेत रहनुभएकाे छ ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा रेग्मीकाे स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो।

पोखरामा होम आइसोलेसनमा रहनुभएका रेग्मीले कुनै लक्षण नदेखिएकाे र सामन्य अवस्थामा रहेकाे जानकारी दिनुभयाे ।

बिहीबार थपिएका संक्रमितमध्ये पोखराका ३० जना, तनहुँमा २ जना र नवलपुरमा ६ जना रहेका छन् ।

Facebook Comments