गण्डकी प्रदेशसभा सचिवमा पाेखरेल नियुक्त

 गण्डकी प्रदेशसभा प्रमुखमा अधिवक्ता समेत रहनुभएका हरिराज पाेखरेल नियुक्त हुनुभएकाे हाे ।

प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेललाई नियुक्त गर्नुभएकाे हाे ।

पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिस अनुसार नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम शुक्रबार नियुक्ति गरिएकाे हाे ।

कास्कीको पोखरा–२१, निर्मलपोखरीका नवनियुक्त प्रदेशसभा सचिव पोखरेलले नियुक्त पाेखरेलले नियुक्तिपत्र समेत बुझ्नुभएकाे छ ।

गत असारमा गण्डकी प्रदेशसभा वैठकले प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेपछि सचिव नियुक्ति सहज बनेकाे हाे । यसअघि निमित्त सचिवबाट प्रदेशसभा सचिवालय सञ्चालन भइरहेकाे थियाे ।

Facebook Comments