नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण

नेपालमा शुक्रबारसम्म ४४ हजार २ सय ३६ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।

शुक्रबारमात्रै थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १ हजार ३ सय ५४ जना भने निको भएर डिस्चार्ज भएका छन् ।

हाल १८ हजार ४ सय ४ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७ लाख ४५ हजार ४ सय ९० जनाको पिसिआर विधिबाट कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको छ ।

हालसम्म २ सय ७१ जनाको मृत्यु भएको छ । शुक्रबारमात्रै १४ जनाको मृत्यु भएको हो । पछिल्ला दिनहरुमा संक्रमितको संख्या र मृतकको संख्या बढिरहेको छ । संक्रमण बढी देखिएका जिल्लाहरुमा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेका छन् ।

Facebook Comments