विश्वभर कोरोना भाइरसबाट २ करोड ६७ लाख ७५ हजार बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ६७ लाख ७५ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ६७ लाख ७५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ८ लाख ७८ हजार १ सय ७५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै १ करोड ८८ लाख ८५ हजार ४ सय ७८ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर ७० लाख १२ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ । जसमध्ये ६० हजार ९ सय १३ जनाको अवस्था गम्भीर रहेको छ ।
विश्वभर ४ प्रतिशत मृत्युदर रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको झण्डै एक चौथाई अर्थात् ६३ लाख ८९ हजार ५५ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा १ लाख ९२ हजार १ सय ११ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ४० लाख ९१ हजार ८ सय १ संक्रमित भेटिएका छन् भने १ लाख २५ हजार ५ सय ८४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक भारत हो । भारतमा संक्रमितको संख्या ४० लाख नाघेको छ । शुक्रबारसम्म ४० लाख २० हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने हालसम्म ६९ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ ।

रसियामा कोरोना भाइरस संक्रमण पुष्टी हुनेको संख्या १० लाख नाघेको छ । १० लाख १५ हजार १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी हुँदा १७ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७० हजार १ सय ४५, कोलम्बिया ६ लाख ५० हजार ६२, दक्षिण अफ्रिकामा ६ लाख ३५ हजार ७८ र मेक्सिको ६ लाख १६ हजार ८ सय ९४ मा संक्रमित भेटिएका छन् ।

स्पेनमा ५ लाख १७ हजार १ सय ३३ जनामा संक्रमण पुष्टी भएको छ । अर्जेन्टिना र चिलीमा ४ लाख बढीमा संक्रमण पुष्टी भएको छ । त्यस्तै इरान, बेलायत, बंगालदेश, साउदी अरव र फ्रान्समा ३ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

पाकिस्तान, टर्की, इटाली, इराक, जर्मनी र फिलिपिन्समा २ लाख भन्दा बढीका दरले संक्रमण पुष्टी भएको छ ।
१ लाख बढी संक्रमण पुष्टी हुने मुलुक ८ वटा रहेका छन् । दर्जनौ मुलुकमा लाखको नजिकमा संक्रमण पुष्टी भएको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

Facebook Comments