चितवनमा निशेधाज्ञा खुकुलाे, भदाै ३१ सम्म कायम रहने

चितवनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउने तर भदौ ३१ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अब निषेधाज्ञामा विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइनेछ ।

यसअघि अत्यावश्यक सामग्रीका लागि समेत समय ताेकिएकाेमा अव भने औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भिडभाड नहुने गरी सरकारी तथा निजी कार्यालय पनि सञ्चालन गर्न पाइनेछ ।

बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न पाइने नयाँ निशेधाज्ञा अादेशमा उल्लेख छ । यसबाहेक अन्य पसल व्यवसाय भने बन्द हुनेछ ।

कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारी साधन, लामो तथा छोटो दूरीका मालसामान ढुवानी गर्ने साधन पनि चल्न पाउनेछन् ।

चितवनमा २ सातादेखि निशेधाज्ञा जारी रहेकाे छ ।

Facebook Comments