नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण

नेपालमा विहीबारसम्ममा ५० हजार ४ सय ६५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।

विहीबारमात्रै थप १ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १ हजार ८ सय १८ जना भने निको भएर डिस्चार्ज भएका छन् ।

हाल १४ हजार ४ सय ४८ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको छ ।

हालसम्म ३ सय १७ जनाको मृत्यु भएको छ । विहीबारमात्रै ५ जनाको मृत्यु भएको हो । पछिल्ला दिनहरुमा संक्रमितको संख्या र मृतकको संख्या बढिरहेको छ । संक्रमण बढी देखिएका जिल्लाहरुमा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेका छन् ।

कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

Facebook Comments