विश्वभर कोरोना भाइरसबाट २ करोड ८० लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ८० लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ८० लाख ९८ हजार ४ सय १७ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ९ लाख ९ हजार १ सय ८० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै २ करोड १ लाख ५९ हजार ६ सय ३३ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर ७० लाख २९ हजार ६ सय ४ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ । जसमध्ये ६० हजार ५ सय ६ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको झण्डै एक चौथाई अर्थात् ६५ लाख ५३ हजार ५ सय ३८ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।

यस भाइरसको संक्रमणबाट अमेरिकामा १ लाख ९५ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी भारतमा ४४ लाख ९४ हजार ३ सय ८९ संक्रमित भेटिएका छन् भने ७५ हजार ३ सय २८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक ब्राजिल हो । ब्राजिलमा संक्रमितको संख्या ४० लाख नाघेको छ । विहीबारसम्म ४१ लाख ९९ हजार ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने हालसम्म १ लाख २८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ ।

रसियामा कोरोना भाइरस संक्रमण पुष्टी हुनेको संख्या १० लाख ४६ हजार ३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी हुँदा १८ हजार २ सय ६३ जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख २ हजार ७ सय ७६, कोलम्बियामा ६ लाख ८६ हजार ८ सय ५६, मेक्सिकोमा ६ लाख ४७ हजार ५ सय ७, दक्षिण अफ्रिकामा ६ लाख ४२ हजार ४ सय २१, स्पेनमा ५ लाख ४३ हजार ३ सय ७९ र अर्जेन्टिनामा ५ लाख १२ हजार २ सय ९३ जना संक्रमित भेटिएका छन् ।

विभिन्न ३२ मुलुकमा १ लाखभन्दा बढीका दरले संक्रमित भेटिएका छन् भने आधा दर्जन बढी मुलुकमा लाखको नजिक संक्रमित पुगेका छन् ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments