लायन्स क्लब टुरिजम सिटी द्वारा पाेखरा आरोग्य आश्रममा खाद्यान्न तथा औषधि वितरण

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले कोरोना कहरकै वीचमा विभिन्न सामाजिक कार्यहरुलाई जारी राखेको छ ।

नेचर द भविष्य भन्ने थेमका साथै अगाडि बढिरहेको लायन्स क्लवले पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको छ ।

यसका साथै निःशुल्क रुपमा मधुमेह परीक्षण र औषधि वितरण समेत गरिएको क्लवका अध्यक्ष निरज पन्तले जानकारी दिनुभयो ।

लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ बी १ का सल्लाहाकार लायन सुचित्रा थापा, लायन डम्बर गुरुङ्ग, रिजन चेअरपर्सन लायन सीता केसी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments