नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न सिफारिस

सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक सिट खाली छ । त्यसैमा गौतमको नाम सिफारिस भएको हो । यसअघि युवराज खतिवडाकाे कार्यकाल २ वर्षमा सकिएपछि ६ महिना अगाडिदेखि नै राष्ट्रियसभामा १ सिट खाली रहेकाे थियाे ।

नेकपाले गाैतमकाे नाम सिफारिश गरेपनि ६ महिनापछि मात्र निर्णय कार्यान्वयन गर्नुभएकाे हाे ।

Facebook Comments