रुपामा पहिरोमा परी मृत्यु भएकी सृजनाको परिवारलाई राहत प्रदान

कास्कीको रुपा गाउँपालिका वडा नं ६ स्थित वराहथोकमा पहिरोमा परी मृत्यु भएकी सृजना विकको परिवारलाई सरकारले राहत प्रदान गरेको छ ।

२३ गते विहान घर माथीबाट आएको पहिरोले सुतिरहेको वेला घर भत्कदा सृजनाको मृत्यु भएको थियो । संघीय सरकारले प्रदान गरेको २ लाख रकम प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र गण्डकी प्रदेश सरकारले सहयोग गरेको ५० हजार रकम प्रदेश सांसद दीपक कोइरालाले मृत्कका भाई सन्दिप विकलाई हस्तान्तरण गर्नुभयो ।

राहत हस्तान्तरण पछि बोल्दै पूर्वमन्त्री समेत रहनु भएका नेकपाका नेता खगराज अधिकारीले दुःखको बेला आफुहरुले राजनीति नगर्ने भन्दै आगामी दिनमा पनि सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनु भयो ।

परिवारलाई धर्यधारण गर्न आग्रह गर्दे नेता अधिकारीले सुरक्षित बसोबासको ब्यवस्थापनको लागि पहल गर्ने बताउनु भयो । यस अगाडि रुपागाउँपालिकाले मृतकका परिवारलाई नगद ६० हजार , खाद्यन्न , लत्ताकपडा हस्तान्तरण गरेको थियो ।

मृतकको परिवार सहीत जोखिममा रहेका अन्य दुइवटा घरका परिवारलाईपनि राहत स्वरुप नगद १५ हजार, खाद्यन्न सामाग्री र लत्ताकपडा घटना भएकै दिन हस्तान्त्रण गरेको थियो ।

Facebook Comments