असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने

सरकारले गतसाल चैत्रदेखि लकडाउन गरेयता बन्द रहेकाे सार्वजनिक यातायात र हवाइ उडान सूचारू हुने भएकाे छ ।

नेपाल सरकारकाे साेमबार बसेकाे बैठकले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको मन्त्री परिषद् श्राेतले जानकारी दिएकाे छ ।

‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको हाे । सीमा नाका भने बन्द नै रहनेछ ।

Facebook Comments