नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण

नेपालमा बुधबारमात्रै थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

हालसम्ममा ५८ हजार ३ सय २७ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।
बुधबार १ हजार ६८ निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ४१ हजार ७ सय ६ जना हालसम्म निको भएका छन् ।

अहिले १६ हजार २ सय ४२ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८ लाख ७२ हजार २ सय ७४ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ सय ७९ जनाको मृत्यु भएको छ । बुधबारमात्रै ८ जनाको मृत्यु भएको हो ।

Facebook Comments