विश्वमा काेराेना संक्रमितकाे संख्या २ कराेड ९७ लाख नाघ्याे

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ९७ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ९७ लाख ८८ हजार २ सय ५१ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ९ लाख ९० हजार २ सय ८६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै २ करोड १५ लाख ८७ हजार ५ सय ९१ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर ७२ लाख ६० हजार ३ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ । जसमध्ये ६० हजार ८ सय ८९ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको झण्डै एक चौथाई अर्थात् ६७ लाख ८९ हजार ८ सय ७७ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा २ लाख २ सय ८० जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी भारतमा ५० लाख ४१ हजार ६ सय ८१ जना संक्रमित भेटिएका छन् भने ८२ हजार २ सय ८६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक ब्राजिल हो । ब्राजिलमा संक्रमितको संख्या ४० लाख नाघेको छ । विहीबारसम्म ४३ लाख ८४ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने हालसम्म १ लाख ३३ हजार २ सय ७ जनाको मृत्यु भएको छ ।

रसियामा कोरोना भाइरस संक्रमण पुष्टी हुनेको संख्या १० लाख ७९ हजार ५ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी हुँदा १८ हजार ९ सय १७ जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ३८ हजार २०, कोलम्बियामा ७ लाख २८ हजार ५ सय ९०, मेक्सिकोमा ६ लाख ७६ हजार ४ सय ८७, दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५ सय २१, स्पेनमा ६ लाख ३ हजार १ सय ६७ र अर्जेन्टिनामा ५ लाख ७७ हजार ३ सय ३८ जना संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments