चितवनमा निशेधाज्ञा खुकुलाे, जाेर विजाेर प्रणालीमा सवारी सञ्चालन गर्न पाइने

चितवनमा जिल्ला प्रशासन कार्यालयले व्यवसाय सञ्चालन गर्न दिने भएकाे छ ।

यसका साथै नीजि सवारी धनीहरूले जोर विजोर प्रणालीमा सवारी साधन चलाउन पाउनेछन् । बुधबार जारी जिल्ला प्रशासन कार्यालयकाे सूचनामा निजी र सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ ।

यस्तै तरकारी, फलफूल र खाद्यान्न पसल विहान ६ बजेदेखि बेलुका छ बजेसम्म र अन्य पसल विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुला गरेको छ ।

सूचनामा उल्लेख भए अनुसार सिनेमा हल, स्वीमिङ पुल, जिमखाना, स्पा, फुटसल, पुस्तकालय, संग्रहालय, ब्युटीपार्लर, सैलुन र हाटबजार सञ्चालनमा भने राेक लगाइएकाे छ ।

Facebook Comments