ट्रेड युनियनको निर्वाचन तत्काल नहुने

आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल नहुने भएकाे छ। मंगलबार बसेकाे नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको हाे।

प्रदेश नंं. २ सरकारले केन्द्र सरकार समक्ष निर्वाचन राेक्न अनुराेध गरेकाे थियाे ।

कोभिड-१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतकाे माग रहेकाे थियाे ।

कर्मचारी संगठन भने निर्वाचनकाे तयारीमा लागेका थिए ।

Facebook Comments