पत्रकार महासंघ अध्यक्ष श्रेष्ठ र पत्रकार कँडेल सम्मानित

प्रेस काउन्सिल नेपालकाे स्थापना दिवसमा अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र फाेटाे पत्रकार राधिका कँडेल सम्मानित हुनुभएकाे छ ।

प्रेस काउन्सिल नेपालको ५१ औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुस्कार तथा राससका फोटो पत्रकार राधिका कँडेल प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकाे हाे ।

प्रेस काउन्सिलको कार्यालय सञ्चारग्राममा आयोजित कार्यक्रममा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले पोखराका दुई सञ्चारकर्मी सहित अन्य पत्रकारहरुलार्ई पुरस्कृत प्रदान गर्नुभएकाे हाे ।

क्रियाशिल पत्रकारिता पुरस्कारको राशी रु २० हजार सहित सम्मानपत्र तथा युवा पत्रकारिता पुरस्कारको राशी रु १५ हजार र सम्मानपत्र छ ।

Facebook Comments