नेपालमा थप १ हजार ३ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएकाे हाे ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जानकारी दिनुभयाे ।

उहाँका अनुसार मंगलबार काेराेन भाइरसकाे संक्रमणबाट २ जनाकाे मृत्यु भएकाे छ भने ८ सय २३ जना निकाे भएर डिस्चार्ज भएका छन् ।

हालसम्म कूल ६६ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टी भएकाेमा सक्रिय संक्रमितकाे संख्या १८ हजार १ सय ४२ रहेकाे छ ।

हालसम्म ४८ हजार ६१ जना निकाे भएका छन् भने ४ सय २९ जनाकाे मृत्यु भएकाे छ ।

Facebook Comments