विश्वभर कोरोना भाइरसबाट ३ करोड १५ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ३ करोड १५ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ३ करोड १५ लाख २४ हजार १ सय ९ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ९ लाख ७० हजार १ सय ६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै २ करोड ३१ लाख ४३ हजार ८ सय ९ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर ७४ लाख १० हजार १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ । जसमध्ये ६१ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । अमेरिकामा ७० लाख ८६ हजार ७ सय ४७ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा २ लाख ४ हजार ५ सय ५९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी भारतमा ५५ लाख ६८ हजार ७ सय ४० संक्रमित भेटिएका छन् भने ८८ हजार ९ सय ९२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक ब्राजिल हो । ब्राजिलमा संक्रमितको संख्या ४५ लाख नाघेको छ । विहीबारसम्म ४५ लाख ६० हजार ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने हालसम्म १ लाख ३७ हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।

रसियामा कोरोना भाइरस संक्रमण पुष्टी हुनेको संख्या ११ लाख १५ हजार ८ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी हुँदा १९ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ७२ हजार ८ सय ९६, कोलम्बियामा ७ लाख ७० हजार ४ सय ३५, मेक्सिकोमा ७ लाख ५ सय ८०, दक्षिण अफ्रिकामा ६ लाख ६१ हजार ९ सय ३६, स्पेनमा ६ लाख ७१ हजार ४ सय ६८ र अर्जेन्टिनामा ६ लाख ४० हजार १ सय ४७ जना संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

Facebook Comments