एकताकाे बाँकी काम पूरा गर्न प्रस्ताव तयार गर्ने नेकपाकाे निर्णय

नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताका बाँकी कामहरूलाई पूरा गर्ने निर्णय गरेकाे छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सचिवालय बैठकले १० दिनभित्र प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको छ।

बैठकले दुई अध्यक्ष र महासचिवले पार्टीको सांगठनिक एकताका लागि ठोस प्रस्ताव प्रस्तुत गर्ने र त्यसका आधारमा सचिवालयले छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

नेकपा एमाले र माओवादी केन्द्र एकता भएको साढे २ बर्ष हुन लाग्दा समेत सांगठनिक एकता पूरा भएकाे छैन ।

पार्टीका विभाग गठन भए पनि यसले पूर्णता पाएको छैन। भातृ संगठनको केन्द्रमा एकता भए पनि तल्ला कमिटीहरूमा एकता हुन सकेको छैन।

चैतमा पार्टीकाे महाधिवेशन गर्ने निर्णय गरिसकेकाे नेकपामा एकताका बाँकी काम तत्काल पूरा गर्नुपर्ने बाध्यता रहेकाे छ ।

Facebook Comments