गाैतमलाई सांसदको रुपमा काम गर्न नदिन सर्वाेच्चकाे आदेश

पार्टीभित्रकाे विवादका कारण निर्णय भएकाे ६ महिनापछि मात्र राष्ट्रियसभामा मनाेनित हुनुभएका नेकपा उपाध्यक्ष बामदेव गाैतमले तत्काल सांसदका रूपमा काम गर्न नपाउने गरी सर्वाेच्चले आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले नेता गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको हाे ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्री समेत नबनाउन आदेश जारी गरेको रिट निवेदककाे दावी रहेकाे छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहितले गाैतमकाे मनाेनयन संविधानकाे भावना विपरीत भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

मन्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका गौतमले असोज १ गते राष्ट्रिय सभा सदस्य पदको सपथ लिनुभएकाे थियाे ।

Facebook Comments