अविरल बर्षाले पोखरा २९मा ६घरमा क्षति, सांसद कोइरालाद्धारा अवलोकन

कास्की क्षेत्रनं १(१) प्रदेश सभा सदस्य दीपक कोइरालाले अविरल बर्षाले क्षति पुर्याएको घरहरुको आज स्थलगत अवलोकन गर्नुभएको छ ।कोइरालाले पोखरा २९ नम्वर वडामा पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्नुभएको हो ।

शुक्रबार साँझ परेको अविरल वर्षाले आफ्नै निर्वाचन क्षेत्र अन्तरगर्तपर्ने पोखरा २९ पिपलडाली नौवीसेमा लक्ष्मी भण्डारी पौडेलको घरमा पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्दे पहिरोलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ त्यसबारे महानगर संग समन्वय गरेर ब्यवस्थापनको लागि पहल गर्ने बताउनु भयो । लक्ष्मीको घरमाथीबाट आएको पहिरोले दुईकोठा पुरेको छ भने १५ मुरि धान र १६ वटा कुखुरापनि पहिरोले पुरेको लक्ष्मीले बताउनुभयो ।

गण्डकी प्रदेश सभा अन्तरर्गतको अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका सांसद कोइरालाले शनिबारनै हिजो राती पहिरोले क्षति पुर्याएको पोखरा २९कै ओख्लेडाँडा निउरेनी कुनाको पनि अवलोकन गर्नुभएको छ । सांसद कोइरालाले पहिरोले क्षति पुर्याएको गोपाल कुमाल,लालुमाया कुमाल, पदम कुमाल ,अप्सरा परियार र राजु वि.कको घरको अवलोकन गर्नुभयो । गोपाल कुमालको घरमा भाडामा बस्दै आउनु भएका सुरेश परियारले साँझ पख पहिरो आएकोले आफु बाचेको बताउनु भयो। रातिको समयमा आएको भए ठुलो घटना हुने भन्दै पहिरो आएको थाहा पाएकोले आफु बाहिर निस्केकोले बाच्न सफल भएको उहाँको भनाई थियो । भाडामा बस्ने सुरेश परियारको सवै सामान पहिरोले पुरेको छ भने नगद २ हजार पनि पुरिएको जानकारी दिनुभयो । सवै खाद्यन भाडा कुडा पुरिएकोले आफुहरु समस्यामा परेको परियारले दुखेसो गर्नुभयो

।सांसद कोइरालाले प्रदेश सरकार र महानगरमा पहिरो प्रभावितहरुलाई सहयोगको लागि पहल गर्र्र्ने बताउनु भयो । कोइराला संगै पहिरो अवलोकनमा पुग्नु भएका २९ नम्बरका वडाध्यक्ष चेत बहादु गुरुडलाई क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गर्दे तत्तकाल खाद्यनको ब्यवस्था मिलाउन वडालाई आग्रह गर्नुभयो ।सांसद कोइरालाले बर्षाले पुर्याएको पटनेरी सडक खण्डको पनि अवलोकन गर्नुभएको थियो ।

Facebook Comments