कंगाेमा सैनिक जवानमाथि कुटपिट भएकाेबारे छानविन गर्न काेर्ट अफ इन्क्‍वायरी गठन

नेपाली सेनाले संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा सेनाका क्याप्टेन र जवानवीच भएकाे कुटपिटकाे घटनाकाे छानविन गर्ने भएकाे छ ।

शुक्रबार राति भएको घटना छानविन गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्‍वायरी गठन गरिएकाे सैनिक प्रवक्ता सन्ताेषबल्लभ पाैडेलले जानकारी दिनुभयाे।

मिसनमा खटिएका तीन जना क्याप्टेनले सैनिक जवानहरुलाई दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएकाे थियाे ।

अनुसन्धान पुरा भएपछि गल्ती गर्नेलाई सैनिकको नियम अनुसार कारवाही हुने पनि पाैडेलले जानकारी दिनुभयाे ।

सेनामा हुने घटनाहरू छानविनका लागि काेर्ट अफ इन्क्‍वायरी गठन गर्ने गरिन्छ ।

Facebook Comments