नेपालमा हालसम्म ७४ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण

नेपालमा मंगलबारसम्ममा ७४ हजार ७ सय ४५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ७ हजार ४२ जना भने निको भएर डिस्चार्ज भएका छन् ।

हाल १९ हजार ६ सय २४ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ९ लाख ९८ हजार ४ सय ७ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको छ ।

हालसम्म ४ सय ८१ जनाको मृत्यु भएको छ । सोमबारमात्रै कोरोना भाइरसको संक्रमणका कारण ४ जनाको मृत्यु भएको हो । पछिल्ला दिनहरुमा संक्रमितको संख्या र मृतकको संख्या बढिरहेको छ ।

पछिल्लो समय आन्तरिक हवाई उडान र सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । आवश्यक स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न अत्यावश्यक देखिएको छ ।

Facebook Comments