विश्वभर कोरोना भाइरसबाट ३ करोड ३५ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ३ करोड ३५ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ३ करोड ३५ लाख ४१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टी भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्याकं अनुसार १० लाख ६ हजार ७५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै २ करोड ४८ लाख ६८ हजार ६ सय ५० जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर ७६ लाख ६६ हजार ९ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ । जसमध्ये ६५ हजार ३ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा हालसम्म ७३ लाख ६१ हजार २ सय ६जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जुन विश्वका संक्रमितमध्ये झण्डै चौथाई नजिक हो । त्यस्तै अमेरिकामा मात्रै २ लाख ९ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा ६१ लाख ४३ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ जसमा ९६ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बन्नेमा ब्राजिल तेस्रो मुलुक हो । ब्राजिलमा ४७ लाख ४८ हजार ३ सय २७ जना संक्रमितमध्ये १ लाख ४२ हजार १ सय ६१ जनाको मृत्यु भएको छ ।

रसियामा ११ लाख ५९ हजार ५ सय ७३ जना संक्रमितमध्ये २० हजार ३ सय ८५ जनाको मृत्यु भएको छ । त्यसैगरी कोलम्बियामा कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख १८ हजार २ सय ३ पुगेको छ भने २५ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ८ हजार ७ सय १४ जनाको संक्रमितमध्ये ३२ हजार ३ सय २४ जनाको मृत्यु भएको छ ।

स्पेनमा ७ लाख ४८ हजार २सय ६६ जना संक्रमित ३१ हजार ४ सय ११ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा ७ लाख ३० हजार ३ सय १७ जना संक्रमितमध्ये ७६ हजार ४सय ३० जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ७ लाख २३ हजार १ सय ३२ जना संक्रमितमध्ये १६ हजार १ सय १३ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ७१ हजार ६ सय ६९ जना संक्रमितमध्ये १६ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ । त्यस्तै गरी फ्रान्समा ५ लाख ४२ हजार ६ सय ३९ संक्रमितमध्ये ३१ हजार ८ सय ८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण चिलीमा ४ लाख ५९ हजार ६७१ जनाको मृत्यु भएको छ भने १२ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ ।

इरानमा ४ लाख ४९ हजार ९ सय ६० संक्रमितमध्ये २५ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । बेलायतमा ४ लाख ३९ हजार १३ जना संक्रमित भेटिएका छन् भने ४२ हजार १ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा ३ लाख ६० हजार ५ सय ५५ जना संक्रमित मध्ये ५ हजार १ सय ९३ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा ३ लाख ५३ हजार ५सय ६६ संक्रमितमध्ये ९ हजार ५२ को मृत्यु भएको छ ।

साउदी अरवमा ३ लाख ३३ हजार ६ सय ४८ जना संक्रमित भेटिएका छन् भने ४ हजार ७ सय १२ जनाको मृत्यु भएको छ । टर्कीमा ३ लाख १५ हजार ८ सय ४५ जना संक्रमित हुँदा ८ हजार ६२ जनाको मृत्यु भएको छ ।

इटालीमा ३ लाख ११ हजार ३ सय ६४ जना संक्रमितमध्ये ३५ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख १० हजार ८ सय ४१ जना संक्रमितमध्ये ६ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ ।

फिलिपिन्समा ३ लाख ७ हजार २ सय ८८ जना संक्रमित भेटिएका छन भने ५ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ ।

जर्मनी, इन्डोनेशिया, इजरायल, युक्रेनमा संक्रमितको संख्या २ लाखभन्दा बढी रहेको छ ।
क्यानडा, इक्वेडर, बोलिभिया, कतार,रोमानिया, कोरोक्को, नेदरल्याण्डस्, बेल्जियम, डोमिनिकन रिपब्लिक, पानामा, काजकास्थान, केवेत, इजिप्ट लगायतका मुलुकमा संक्रमितको संख्या लाख नाघेको छ ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ । रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

यसैवीच विश्व स्वास्थ्य संगठनले चीनले बनाएको खोपलाई समुदायमा प्रयोगका लागि अनुमति दिएको खबर छ ।

Facebook Comments