कोरोना महामारीबारे एशियाली मुलुकका मिडियाकर्मीहरुवीच छलफल

विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस(कोभिड १९)को महामारीका सन्दर्भमा एशियाली मिडिया फोरममा छलफल गरिएको छ ।

महामारीको व्यवहारिक र शान्तिपूर्वक समाधानका उपाय के हुन सक्छन भन्नेबारेमा भर्चुअल(जुम मार्फत भएको) माध्यमबाट आयोजित सो फोरममा छलफल भएको थियो ।

दक्षिण कोरियाली गैरसरकारी संस्था हेभन्ली कल्चर वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट एचडब्लुपिएलको संयोजनमा भएको कार्यक्रममा हङकङ, नेपाल, इन्डोनेसिया, नेपाल, फिलिपिन्स र ताइवानका १६ पत्रकार सहित ३२ जनाको सहभागिता रहेको थियो ।

एचडब्लुपिएलको अगुवाईमा आयोजना हुने मिडिया फोरमहरुमा विश्वका जुनसुकै मुलुकका पत्रकारहरुले स्वेच्छिक रुपमा भाग लिन पाउँछन भने शान्ति प्रवद्र्धन तथा स्वन्तन्त्र प्रेसका बारेमा छलफल गर्न सक्नेछन् ।

कार्यक्रममा सहभागीहरुले कोरोना भाइरसको महामारीका कारण कैयौं नागरिकमा मानसिक समस्या निम्तिएको विभिन्न परामर्शका अभियानमा मार्फत् त्यसलाई कम गर्न सकिने बताएका थिए ।

बेरोजगारी, असुरक्षा, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अफबाह फैलाउने काम हुन नदिनेतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।

छलफलका क्रममा सञ्चार क्षेत्रले महामारी या विपतका बेला मात्र नभई हरेक समय सन्दर्भमा सत्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

Facebook Comments