विश्वभर कोरोना भाइरसबाट ३ करोड ६० लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण ३ करोड ६० लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ३ करोड ६० लाख २६ हजार ८ सय २० जनामा संक्रमण पुष्टी भएको हो ।

हालसम्म १० लाख ५३ हजार ९ सय २६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै २ करोड ७१ लाख ३० हजार २९ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
हाल विश्वभर ७८ लाख ४२ हजार ८ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ । जसमध्ये ६७ हजार ५ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । अमेरिकामा ७७ लाख १७ हजार ९ सय २८ जना संक्रमित भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा २ लाख १५ हजार ७ सय २९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी भारतमा ६७ लाख ५४ हजार १ सय ७९ संक्रमित भेटिएका छन् भने १ लाख ४ हजार ५ सय ९१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक ब्राजिल हो । ब्राजिलमा संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । मंगलबारसम्म ४९ लाख ७० हजार ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने हालसम्म १ लाख ४७ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

रसियामा कोरोना भाइरस संक्रमण पुष्टी हुनेको संख्या १२ लाख ३७ हजार ५ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी हुँदा २१ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।
कोलम्बिया, स्पेन, पेरु र अर्जेन्टिनामा ८ लाखभन्दा बढीको संख्यामा संक्रमित भेटिएका छन् ।
त्यस्तै मेक्सिकोमा ७ लाख बढी, दक्षिण अफ्रिका र फ्रान्समा ६ लाख बढी संक्मित भेटिएका छन् भने बेलायमा ५ लाख बढी संक्रमित भेटिएका छन् ।
विभिन्न ४१ मुलुकमा १ लाखभन्दा बढीका दरले संक्रमित भेटिएका छन् भने आधा दर्जन बढी मुलुकमा लाखको नजिक संक्रमित पुगेका छन् ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

Facebook Comments