डा. केसी र सरकारबीच आठ बुँदे सहमति पछि केसीले२७ औँ दिनमा अनशन त्यागे

चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार राति १२ बजेर ५ मिनेट जादा आठ बुँदे सहमति भएको छ।सहमतिसँगै डा. केसीले अनशन त्याग्नु भयो । सरकार र केसी पक्षको वार्ता टोलीबीच शनिबार राति भएको सहमतिपछि डा केसी १९ औँ सत्याग्रह तोड्न सहमत हुनु भएको हो ।
डा. केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गर्नुभएको थियो । केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगञ्ज हुँदै काठमाडौँ लगिएको थियो ।सरकारसंगको सहमति पछि केसीले२७ औँ दिनमा अनशन तोड्नु भयो ।

डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नुहुनेछ ।

Facebook Comments