गण्डकीमा विहानै ९७ संक्रमित थपिए

गण्डकी प्रदेशमा विहीबार विहान थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयलले आज विहान प्रकाशित गरेको विज्ञप्तिका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बाग्लुङ जिल्लामका ५१ जना , पोखरा महानगर पालिकामा ३० जना, गोरखामा ७ जना, नवलपुरमा ६ जना र लमजुङमा ३ जनाका संक्रमण पुष्टि भएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ८४ पुगेको छ । सक्रमित मध्य ३ हजार ४ सय ७० जना उपचार पछि स्वस्थ भएका छन भने ४६ जनाको मृत्यु भएको छ ।

Facebook Comments