कोरोना भाइरसकाे उपचार निःशुल्क नहुने

यसअघि निःशुल्क हुने कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार अब बिरामीले स्वयं आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।

सामान्य नागरिकले अबदेखि काेराेना उपचारका लागि रकम तिर्नुपर्ने सरकारकाे निर्णय छ ।

सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

उनीहरुले पनि कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

सरकारले ताेकेका बाहेक सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

साथै गाैतमका अनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै सरकारकाे निर्णय लागू भइसकेकाे छ ।

यसअघि काेराेना भाइरसकाे संक्रमण पुष्टी भएमा सरकारले निःशुल्क रूपमा उपचारकाे ब्यवस्था गरेकाे छ ।

तर पछिल्लाे समय काेराेना भाइरसकाे संक्रमण तिव्र भइरहेकाले सरकारकाे यस्ताे निर्णयले महामारी राेकथामकाे जिम्मेबारीबाट सरकार पन्छन खाेजेकाे टिप्पणी भइरहेकाे छ ।

Facebook Comments