थप २ हजार ९ सय ४२ मा काेराेना भाइरसकाे संक्रमण

नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा उक्त संख्यामा काेराेना भाइरस संक्रमित फेला परेका हुन् ।

जसमा १ हजार १ सय १७ महिला र १८२५ पुरुष रहेका छन् । थपिएकाे संख्यासँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३०१ जनाको आईसीयू र ६६ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये १ हजार ६ सय ९८ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका १ हजार ४ सय ६९ जना, ललितपुरका १ सय ३० र भक्तपुरका ९९ जना छन् ।

रुपन्देहीका १ सय ९२ जना, चितवनका १ सय ४९, सुर्खेतका १ सय १०, मोरङका १ सय ३८, झापाका ७२, नवलपुरका ५५, मकवापुरका ४३, बाँकेका ४१ रहेका छन् ।

कास्कीका ३१, स्याङ्जा र कपिलवस्तुका ३०/३० जना, नवलपरासीका २९, गोरखाका २६, पाल्पाका २०, तनहुँका १९, सल्यानका १५, उदयपुरका १४, सुनसरीका १२, बारा, बर्दिया र दैलेखका १०/१० जना, इलाम, नुवाकोट र डोटीका ९/९ जना छन् ।

यस्तै संखुवासभा र पर्साका ८/८ जना, खोटाङ र दाङका ६/६ जना, धादिङ, बाग्लुङ र कञ्चनपुरका ५/५ जना, रौतहट, काभ्रे, रामेछाप, लमजुङ, अर्घाखाँची, गुल्मी र कालीकोटका ४/४ जना रहेका छन् ।

सर्लाही, सिराहा, हुम्ला र बैतडीका ३/३ जना, तेह्रथुम, म्याग्दी, रुकुम पश्चिम र दार्चुलाका २/२ तथा ओखलढुंगा, धनुषा, महोत्तरी, सप्तरी, दोलखा, सिन्धुली, प्युठान, जुम्ला, अछाम र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म् ७ सय ३९ जनाको काेराेना भाइरस संक्रमणका कारणा मृत्यु भएको छ भने ९२ हजार १६६ जना भने संक्रमणमुक्त भएका छन् ।

पछिल्ला दिनहरूमा दशैं पर्वका कारणा मानिसहरूकाे आवत जावत बढ्ने भएकाले झन संक्रमण फैलने जाेखिम बढेकाे छ ।

Facebook Comments