मन्त्रीहरूले दशैं भत्ता काेराेना काेषमा जम्मा गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। नेपाल सरकारकाे मन्त्रीपरिषद् बैठकमा दशैं खर्च काेराेना काेषमा जम्मा गर्ने निर्णय गरिएकाे हाे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्ने क्रममा साे काे जानकारी दिनुभएकाे हाे ।

यसैवीच सार्वजनिक सवारी साधनमा यात्रा गर्दाकाे भाडा घट्ने भएकाे छ । काेराेनाकाे जाेखिम रहेकाे भन्दै ५० प्रतिशत मात्र यात्रू बाेक्न पाउने मापदण्डका कारण भाडा पनि ५० प्रतिशत बढी लिन पाउने ब्यवस्था यसअघि गरिएकाे थियाे ।

अबदेखि सिट क्षामता अनुसार यात्रु बाेक्न पाउने र चैत ११ गतेअघिको भाडा लागू गर्ने निर्णय सरकारले गरेकाे हाे ।

काेराेना भाइरसबाट संक्रमितकाे संख्या २ सय भन्दा बढी रहेकाे जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसधानको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

काेराेना भाइरसकाे जाेखिम बढ्ने भएकाले सकेसम्म अाफू रहेकै ठाउँमा चाडबाड मनाउन सरकारले सर्वसाधरणमा अनुराेध समेत गरेकाे छ ।

Facebook Comments