विश्वभर कोरोना भाइरसबाट ४ करोड २९ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ४ करोड २९ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४ करोड २९ लाख १७ हजार ८ सय २६ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ११ लाख ५४ हजार ३ सय ५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै ३ करोड १६ लाख ५९ हजार ९ सय ८६ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर १ करोड १ लाख ३ हजार ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ । जसमध्ये ७७ हजार २ सय २ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । ८८ लाख २७ हजार ९ सय ३२ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार ६८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी भारतमा ७८ लाख ६३ हजार ८ सय ९२ संक्रमित भेटिएका छन् भने १ लाख १८ हजार ५ सय ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक ब्राजिल हो । ब्राजिलमा संक्रमितको संख्या ५३ लाख नाघेको छ । हालसम्म ५३ लाख ८१ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने हालसम्म १ लाख ५६ हजार ९ सय २६ जनाको मृत्यु भएको छ ।

रसियामा कोरोना भाइरस संक्रमण पुष्टी हुनेको संख्या १४ लाख ९७ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी हुँदा २५ हजार ८ सय २१ जनाको मृत्यु भएको छ ।
स्पेनमा ११ लाख १० हजार ३ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ३४ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १० लाख ८६ हजार ४ सय ९७, अर्जेन्टिनामा १० लाख ८१ हजार ३ सय ३६, कोलम्बियामा १० लाख ७ हजार ७ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
दक्षिण अफ्रिका, इरान, इटाल र चिलीमा संक्रमितको संख्या ५ लाख बढी छ । इराक र जर्मनीमा ४ लाख बढी संक्रमित पुग्दा बंगलादेश, इन्डोनेशिया, फिलिपिन्स, टर्की, साउदी अरव, युक्रेन, पाकिस्तान, इजरायलमा ३ लाख बढी संक्रमित भेटिएका छन् ।

पेरुमा ८ लाख ८६ हजार २ सय १४, कोलम्बियामा ६ लाख ८६ हजार ८ सय ५६, मेक्सिकोमा ८ लाख ८० हजार ७ सय ७५, बेलायतमा ८ लाख ५४ हजार १० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

विभिन्न ४८ मुलुकमा १ लाखभन्दा बढीका दरले संक्रमित भेटिएका छन् भने आधा दर्जन बढी मुलुकमा लाखको नजिक संक्रमित पुगेका छन् ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments