१ लाख ५५ हजार बढीमा कोरोना भाइरसको संक्रमण

नेपालमा १ लाख ५५ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । शनिबारसम्म भएको परीक्षणमा १ लाख ५५ हजार २ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १३ लाख ८० हजार ८ सय ६२ जनाको पिसिआर परीक्षण गरिएको छ ।
परिक्षण गरिएकामध्ये कोरोना भाइरस(कोभिड–१९)बाट १ लाख ५५ हजार २ सय ३३ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । चाडपर्वमा हुने आवात जावातका कारण पनि संक्रमण फैलने जोखिम बढेको जनस्वास्थ्यविदहरुले जनाएका छन् ।

नेपालमा हालसम्म ८ सय ४३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

चीनको वुहानमा अघिल्लो बर्षको डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

नेपालमा उपचारका लागि समेत राम्रो व्यवस्थापन नभएकाले सर्वसाधरण स्वयं सचेत हुन अत्यावश्यक देखिएको छ ।

Facebook Comments