थप २ हजार ८ सय ५६ मा काेराेना संक्रमण

नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार याेसँगै कूल संक्रमितकाे संख्या १ लाख ५८ हजार ८९ पुगेकाे छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या हालसम्म ४५ हजार ५ सय ७२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट १३ लाख ९३ हजार १ सय ७३ जनाकाे परीक्षण गरिएकाे छ । चाडपर्वमा हुने जमघटले संक्रमण फैलन सक्ने जाेखिम बढेकाे छ ।

Facebook Comments