थप १ हजार ७ सय ४१ जनामा काेराेना भाइरसकाे संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार साेमबार ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्ला दिनमा काठमाण्डाै उपत्यकामा धेरै संक्रमित भेटिएका छन् ।
साेमबार मात्रै थप १५ जनाकाे काेराेना भाइरसकाे संक्रमणका कारण निधन भएकाे छ । हालसम्म ८ सय ६२ जनाकाे निधन भएकाे छ ।
Facebook Comments