विश्वभर कोरोना भाइरसबाट ४ करोड ३७ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ४ करोड ३७ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४ करोड ३७ लाख ७० हजार ५ सय ३७ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ११ लाख ६४ हजार २ सय ३६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै ३ करोड २१ लाख ७३ हजार ३ सय १४ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर १ करोड ४ लाख ३२ हजार ९ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ । जसमध्ये ७९ हजार ३५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
हालसम्म २ लाख ३१ हजार ४५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
अमेरिकापछि भारतमा ७९ लाख ४५ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएकोमा १ लाख १९ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ५४ लाख ११ हजार ५ सय ५० जना संक्रमितमध्ये १ लाख ५७ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।
रसियमा १५ लाख ३१ हजार २ सय २४ जना संक्रमितमध्ये २६ हजार २ सय ६९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा ११ लाख ६५ हजार २ सय ७८ जना संक्रमित मध्ये ३५ हजार १८ जनाको मृत्यु भएको छ ।

स्पेनमा ११ लाख ५६ हजार ४ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएकोमा ३५ हजार ३१ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा ११ लाख २ हजार ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने २९ हजार ३ सय १ जनाको मृत्यु भएको छ । कोलम्बियामा १० लाख २५ हजार ५२ जनामो संक्रमित भेटिएकोमा ३० हजार ३ सय ४८ जनाको मृत्यु भएको छ । बेलायत, मेक्सिको र पेरुमा संक्रमितको संख्या ९ लाख नजिक पुगेको छ ।
दक्षिण अफ्रिकामा ७ लाख बढी संक्रमित भेटिएका छन् भने इरान, इटाली र चिलीमा ५ लाख भन्दा बढीको संख्यामा संक्रमित भेटिएका छन् ।
इराक, जर्मनी र बंगलादेशमा ४ लाख बढीमा संक्रमण पाइएको छ ।

रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

Facebook Comments